श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

इनरुवा । सुनसरीमा श्रीमतीले २६ वर्षीय श्रीमानको हत्या गरेको सुनसरी प्रहरीले जनाएको छ । इनरुवा नगरपालिका ७ चान्दबेला स्थित मुसहरी टोल बस्ने २६ वर्षका मुकेश ऋषिदेवको हत्या उनकै श्रीमती विमला ऋषिदेवले गरेको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए ।

सुनसरी प्रहरीलाई स्थानीयबासीले खबर गरेपछि घटनास्थलमा पुगेको प्रहरी टोलिले मृत अवस्था मुकेश ऋषिदेव आफ्नै घरमा फेला परेको डिएसपी फुयालले बताए । आइतबार राति नै हत्या भएको र सोमबार बिहान प्रहरीले मृतलाई पोस्टमार्टमको लागि धरान पठाएको डिएसपी फुयालले बताए । मृत मुकेशको टाउमा चोट लाग्नुका साथै घाटीमा कपडा बेरिएको अवस्थामा शव फेला परेकोले हत्या भएको देखिएको डिएसपी फुयालको भनाइ छ । श्रीमानको हत्यापछि मृतका श्रीमती विमला ५ वर्षीया छोरी र ३ वर्षीय छोरा लिएर फरार छन् भने उनको खोजतलास लाई तीव्रता दिएको फुयालले बताए । यसबारे थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ ।

Subscribe PURBELI TV

Loading…

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीको भाण्टावारीमा अनियन्त्रित भई बस पल्टिँदा ७ जना घाइते

भारततर्फ लादै गर्दा गिट्टी सहित ट्याक्टर बरामद

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

तपाईको प्रतिक्रिया

Loading…

Loading…