शिक्षासेवी,समाजसेवी तथा राजनीतिक ब्यत्तित्व खगेन्द्र सुवेदीको निधन

बेलबारी । मोरङको केराबारी ९ निबासी,शिक्षासेवी,समाजसेवी तथा राजनीतिक अगुवा खगेन्द्रप्रसाद सुवेदीको निधन भएको छ । उपचारका क्रममा उनको काठमाण्डौमा निधन भएको र उनलाई मंगलबार देबीझोडा ल्याउने तयारी भएको परिवारजनले बताएका छन ।

सुवेदी स्थानीय हिमालय बचत तथा ऋण सहकारी सस्था लि.को अध्यक्ष, जिल्ला बचत तथा ऋ्ण सहकारी संघ मोरङका लेखा सुपरिवेक्षण समितिका सदस्य,पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्थाका लेखा संयोजक,श्री बुद्ध माबिका पुर्ब प्रधानध्यापक, सुकुना बहुमुखी क्याम्पसका प्राध्यापक,गोमा स्मृति प्रतिष्ठन मोरङका अध्यक्ष,तथा नेपाल शिक्षक महासंघ प्रदेश न १ का सदस्य लगायत दर्जनौ संघसंस्थामा आबद्ध रहेका थिए । ब्रेन टयुमरको शल्यक्रियाका लागि उनी काठमाण्डौ गएका थिए । उनको निधनले सिंगो केराबारी र आसपासका क्षेत्रमा सन्नाटा छाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…