वीरगञ्जमा भारतीय नागरिकको घाँटी रेटेर हत्या

वीरगञ्ज / गत भदौ ३१ गते पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ भुताहा खोलाको छेउमा फेला परेको शव भारतीय युवकको भएको खुलेको छ । भुताह पुलको छेउमा फेला परेको वेवारिसे शव भारत विहार राज्य वेतिया जिल्ला सिक्टा थाना, ग्राम पञ्चायत सिक्टा वडा नम्बर १० बस्ने १९ वर्षीय सन्दिप साह तुरहाको भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आमा रेनु साह तुरहाले शव आफ्नो जेठो छोराको रहेको भन्दै पहिचान गरेपछि उनलाई शव बुझाइएको प्रहरीले जनाएको छ। गत भदौ ३१ गते भुताहा खोलाको छेउमा घाँटी रेटिएको अवस्थामा मृतक सन्दिपको शव फेला परेको थियो ।

तपाईको प्रतिक्रिया

Loading…