विराटनगर–तरहरा सडक धुलोमुक्त गर्ने सम्झौता

विराटनगर । सामाजिक विकास मन्त्रालयले धुलो नियन्त्रणको काम शुरु गर्ने भएको छ । प्रदेशको अस्थायी राजधानी बिराटनगरसँगै ईटहरी क्षेत्रमा निर्माणाधिन सडक खण्डमा बढ्दो धुलो प्रदुषणबाट सर्बसाधारणलाई समस्या भएको भन्दै धुलो न्युनिकरणका लागि काम गर्न लागेको हो ।

धुलो न्यूनिकरणका लागि सामाजिक विकास मन्त्रालयले लिब्रा टेक्नोलोजीसँग परीक्षणका रुपमा काम शुरु गर्ने सम्झौता गरेको सामाजिक विकास मन्त्रालयका सचिव हरीप्रसाद दाहालले बताए । सम्झौतासँगै विराटनगर–इटहरी–तरहरा औद्योगिक क्षेत्रमा भएको पानी प्रदुषणलाई निर्मलीकरण गर्नका लागि समेत उक्त संस्थासँग सम्झौता भई कार्यप्रारम्भ भएको मन्त्रालयले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया