बेलबारीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

विराटनगर / पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका–११ मा शुक्रबार बिहान १०ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प १५९१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा कानेपोखरी गाउँपालिका–२ का २८ वर्षीय प्रेम दर्जीको मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीकाअनुसार दर्जी मोटरसाइकलको पछाडि सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा उनको मृत्यु भएको अधिकारीले बताए । दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका–१ का ३५ वर्षीय हरिबहादुर विक गम्भीर घाइते भएका छन् । उनको न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…