विद्यालय गएका बालक नदीमा डुबेको अवस्थामा फेला

सल्यान / जिल्लाको त्रिवेणीमा विद्यालय गएका एकजना बालक मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी गाउँपालिका–२, रिखेबगर निवासी डिल्लीबहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दीपक बुढाथोकी शुक्रबार बेलुकी मृत अवस्थामा भेटिएका हुन् । खेत जोतेर फर्किन लागेका स्थानीय रामबहादुर भण्डारीले बेलुकी शारदा नदीमा डुबेको अवस्थामा बालकको शव भेटेपछि प्रहरीलाई खबर गर्नुभएको थियो ।

स्थानीय मेरिगोल्ड बोर्डिङ्बाट पढेर घर फर्किने क्रममा पौडी खेल्न खोज्दा बालकको डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । बालकका बुबा हाल वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लुहामले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…