वालिका अपहरण गर्नेलाई स्थानियले प्रहरीको जिम्मा लगाए

तेह्रथुम । जिल्लाको लालीगुराँस नगरपालिका १ भुल्कबाट ६ बर्षिया बालिका अपहरण गर्ने भारतको दार्जिलिङ जिल्ला पानीट्याङकी कोलाबारी घर भएका २८ बर्षिय बिश्वनाथ मण्डललाई स्थानीयले मंगलबार प्रहरीलाई वुझाएका छन ।

मण्डलले घरमा कोही नभएको मौका पारी एलीना गुरुङकी ६ बर्षिया छोरी रोशनी गुरुङलाई अपहरण गरेर लान खोजेको र स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको वडा सदस्य महेन्द्र गुरुङले बताए । मण्डल विगत दुई बर्ष देखी बसन्तपुर बजारमा कार्पेन्टरकोकाम गर्थे । ईप्रका बसन्तुपुरका प्रहरी निरिक्षक आशाराम चौधरीका अनुसार मण्डलले चोरी गर्ने उदेश्यले बालिकालाई अपहरण प्रयास गरेका थिए ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…