लोक सेवा आयोगकाे विज्ञापन बिरूद्ध आदिवासी : इटहरीमा मन्त्री पण्डितको पुत्ला दहन

इटहरी / लोक सेवा आयोगकाे विज्ञापन संघियाता र समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरित गरेको भन्दै सुनसरीको इटहरीमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइएकाे छ । नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ समन्वय परिषदले आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको थियाे ।

लोक सेवा आयोगले यस अघि निकालेको विज्ञापनमा आरक्षण हटाएको भन्दै आन्दोलित बनेका उनिहरुले इटहरी मुख्य चौकमा विरोध जुलुस सहित पुत्ला दहन गरेका हुन । पुत्ला दहनपछि आयोजित कोणसभामा आदिवासी जनजाति महासंघमा आवद्ध अगुवाहरुले आफुहरुलाई विभेद गरिए आन्दोलनको आँधिबेरी ल्याउने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया

Loading…