लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

इटहरी / इटहरीलाई लैङ्गिक हिंसामुक्त बनाउन इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जोड दिएकी छिन् । महिला हिंसा विरुद्धको १६ दिवसीय अभियान कार्यक्रमबारे जानकारी गराउँदै उपप्रमुख गौतमले इटहरी नगर क्षेत्रलाई लैङ्गिक हिंसा मुक्त बनाउन जोड दिएकी हुन् ।

मंसिर ९ गते आइतबारदेखि सञ्चालन हुन लागेको उक्त अभियान २४ गते सम्म सञ्चालन हुने बताएपनि यो वर्ष बर्सैभरी लैङ्गिक हिंसा बिरुद्ध र महिला हिंसा विरुद्धको कार्यक्रम आयोजना हुने गौतमले बताईन् । हामीले समापन कार्यक्रम नराखिएकाले बर्सैभरी कार्यक्रम सञ्चालन गर्न लागेका हौँ उनले पत्रकार सम्मेलनमा भनिन्, लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम सहरमा हुँदा गाउँका समस्याहरु नआउने भएकाले यसबर्ष सबै वडाहरुमा लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम गर्नेछौँ । उनले गाउँका समस्याहरु बाहिर नआउने हुनाले यस बर्ष २० वटै वडामा कार्यक्रम सञ्चालन गर्ने र लैङ्गिक हिंसा विरुद्ध पुरुषसँग समेत अन्तक्रिया गर्न लागिएको बताईन् । लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने सन्देशले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

९ गते उद्धघाटन कार्यक्रम तथा प्रभातफेरी विहान ७ बजे इटहरी उपमहानगरपालिकाको प्राङ्गणमा आयोजना हुनेछ । त्यस्तै, १० गते महिला जनप्रतिनिधि र संद्द संस्थाहरुलाई मुलुकु ऐन २०७४ को कानुनबारे सचेतना गराईने, १३ गते मानव बेचविखन ओसारपसार श्रम सम्बन्धि अन्तक्रिया गरिने, १५ गते एचआइभी एड्स विरुद्ध कार्यक्रम, १७ गते अपाङ्ग दिवसको अवसरमा अपाङ्गमैत्री विद्यालयलाई सम्मान र अपाङ्गमैत्री घर उद्धघाटन गरिनेछ । त्यस्तै, १८ गते कलेजका विद्यार्थीहरुलाई लैङ्गिक हिंसा बिरुद्ध अन्तक्रिया, २० गते उद्यमी महिलाहरुलाई लैङ्गिक हिंसा सम्बन्धि अन्तक्रिया, अपाङ्गमैत्री भवन निर्माण सम्बन्धि प्राविधिकहरुलाई अन्तक्रिया, २१ गते लैङ्गिक हिंसा, बलात्कार न्यूनीकरणमा पुरुषहरुको भूमिकाबारे अन्तक्रियाको आयोजना गरिने प्रतिबेदनमा उल्लेख छ ।

इटहरी उपमहानगरपालिकाले अहिलेसम्म ७३ जनालाई मेलमिलापकर्ताको तालिम समेत प्रदान गरेको उपप्रमुख गौतमले जनाईन् । त्यस्तै, २०७४ श्रावण १ यता एक सय ३७ वटा मुद्धा आएको बताइएको छ । न्यायिक समितिबाट २२ वटा निर्णय भएको, मेलमिलापबाट २० वटा मिलापत्र भएको, सम्पर्कमा नआएका ३३ वटा, चालु अवस्थामा रहेका ६२ वटा र २० वटै वडा समितिका मेलमिलाप केन्द्रबाट भएका मेलमिलाप एक सय ३० वटा रहेका उपप्रमुख गौतमले जनाइन् ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

दसैँ यात्रा २०७५ : कष्टपूर्ण तर अविस्मरणीय यात्रा (यात्रानुभूति)

जेसीज सप्ताह : खुल्ला दौड प्रतियोगितामा याङ्देव

दसैँ कसरी मनाऊँ ! देशमा कलह बढेको छ

क्षेत्रीय कृषि अनुसन्धान तरहरामा भ्रष्टाचार : कम बिल काटेर बढी सामान निर्यात

महिला बचतको २१ औँ स्थापना दिवसमा सम्मान

तपाईको प्रतिक्रिया

Loading…