लागूऔषध सहित भारतीय युवक पक्राउ (तस्विरहरू सहित)

इनरुवा । सुनसरीको कोशी गाउँपालीका ३ स्थित जमुवा चौक बाट लागूऔषध सहित एक भारतीय युवक पक्राउ परेका छन् । भारतको बसमतिया बाट मोटरसाइकलमा लुकाएर ल्याएको लागूऔषध सहित युवक लाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा सिटमुनि लुकाएर भारत बाट ल्याएको ३० बोतल ड्यालेक्ष डिसि र ४७ फाईल स्पासमो ट्याबलेट सहित BR 01 CF 5795 नम्बरको मोटरसाइकलमा आएका भारत अररिया बेला ४ बस्ने ललन कुमार मेहता लाई नियन्त्रणमा लिएको बिओपी श्रीपुरका सशस्त्र प्रहरी निरीक्षक निरन थापाले बताएका छन् । मेहता लाई बिहीबार साझ थापा नेतृत्वको सशस्त्र प्रहरीको टोलिले पक्राउ गरिएको हो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

अपराध रोक्न नेपाल–भारत संयुक्त गस्ती गर्ने सहमती, लोकसभा चुनाव सम्पन्न गराउन भारतीय पक्षद्वारा सहयोग माग

सुनसरीमा ट्याक्टर र कार ठोकिँदा एकै परिवारका ६ जना घाइते, खतिवडा दम्पतीको अवस्था गम्भीर

इनरुवा लाई ९६ रनले हराउँदै भाण्टावारी क्रिकेट प्रतियोगिताको फाइनलमा

बिहेको प्रलोभनमा झण्डै बेचिइन् विराटनगरकी स्वास्तिका, सशस्त्र प्रहरीले भाण्टावारी नाकाबाट गर्याे उद्दार

अहिलेकै रवैया कायम रहे सरकारलाई सडकबाटै ढाल्नेछौं : विजय गच्छदार

विश्व सिमसार दिवस : सिमसार क्षेत्रमै पानी अभाव

सुनसरीमा ७ महिनामा १ सय २१ वटा आगलागी , २३ करोड बढीको क्षति

भैंसी सुन्दरीलाई इनरुवा नगरपालिकाका मेयरद्वारा “लैनो भैंसी” प्रदान

कोशीमा बीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 

काेशीमा भैंसी सुन्दरी प्रतियोगिता (१० तस्विरहरू)

तपाईको प्रतिक्रिया