लागुऔषध सहित २ जना पक्राउ

उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स ७ प ८८०९ नम्बरको मोटरसाईकलमा सवार सिराहाका मुकेश कुमार यादव र रमेश कुमार महतोलाई प्रहरीले बिशेष सूचनाको आधारमा पक्राउ गरेकाे हाे । उनीहरूकाे साथबाट फेनारगन १०० एम्पुल, नोर्फिन १०० एम्पुल, डाईजोल्याप १०० एम्पुल र नगद रु. ७२३० बरामत गरिएकाे थियाे ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको साे कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…