रुपन्देहीको देवदहमा युवाको हत्या, ५ जना पक्राउ

बुटवल / रुपन्देहीको देवदहमा एक युवकको हत्या भएको छ । देवदह नगरपालिका–८, विशालनगरका २८ वर्षीय सुमन थापाको गएराति हत्या भएको हो ।
कुटपिटबाट गम्भीर थापाको उपचारका क्रममा देवदह मेडिकल कलेज भलुहीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । थापालाई आफनै साथीभाइले कुटपिट गरेको आशंका गरीएको छ ।प्रहरीले थापाको हत्यामा संलग्नको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारु , २४ वर्षीय लक्षण थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो, २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बुटवलले बताएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय, बुटवलमा ल्याइसकिएको छ । देवदह क्षेत्रमा केहि महिना अघिमात्र तरुण दलका कार्यकर्ता अनिस पुरीको कुटपिट गरी हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…