रुखबाट लडेर २ जनाको मृत्यु

सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका-५ चारकोसे झाडि जंगलमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । बिहान ७ बजेको समयमा सोही स्थान बस्ने बर्ष ४८ को दुर्गा बहादुर गुरुङ र निजको छोरी बर्ष १८ की तनिसा गुरुङ जंगलमा घास काट्न गएकोमा अन्दाजि ४० फिट माथि कुम्बिको रुख बाट लडेर बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी ईलामको फाकफोकथुम गाउपालिका-५ लुम्देमा रूखको फल टिप्न खोज्दा १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ४ बजेको समयमा सोही स्थान बस्ने बर्ष १५ को सन्तोष भन्ने फुङनाम लिम्बुको पाङग्रा भन्ने फल टिप्न रुख चढेकोमा रुखको हागा भाच्चीएर अंदाजी ४० फिट तल खोल्सामा झरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया