राधिकाको उपचारकालागि सहयोग गर्न परिवारकाे आग्रह

 

इटहरी / इटहरी निवासी राधिका न्यौपानेको उपचारमा सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ । काठमाडौस्थित नेपाल क्यान्सर अस्पतालमा क्यान्सरको उपचार गराइरहेकी उनमा पछिल्लो समय Strvens-Johnson Syndrome नामक रोगसमेत देखिएको थियो । लामो समय आइसियुमा राख्नुपर्ने र जटिल उपचार गर्नुपर्ने भएकोले सहयोगको लागि आग्रह गरिएको उनका दाई इटहरीका निराजन रिजालले जानकारी दिए ।

अवस्था सुधारोन्मुख रहेतापनि अझै १० दिन आइसियु र एक महिना अस्पतालमा राखेर उपचार गर्नुपर्ने हुँदा धेरै ठुलो खर्च आवश्यक पर्ने उनका रिजालले बताए । न्यौपानेको परीवारको आर्थिक अबस्था कमजोर भएकाले उपचारका लागी सहयोग गर्न उनले आग्रह गरे ।

ग्लोबल आइएमई बैंकको गोठाटार शाखास्थित बिरामीकै नाममा सहयोग गर्न आग्रह गरेका छन् । साथै बिरामीको खाताबाट अस्पतालको बिल भुक्तानी गर्दा सम्पूर्ण बिल रकममा दश प्रतिशतसम्म छुट दिएको छ । जसले उसको उपचारमा सोझै मद्दत मिल्नेछ ।

उनको खाता नम्बर यस्तो छ;
खाता नम्बर: C807010000852
खातावालाको नाम: राधिका न्यौपाने
बैंकको नाम : Global Ime bank
शाखा : गोठाटार
SWIFT Code: GLBBNPKA

बिदेशमा रहनु हुने शुभचिन्तकहरूले स्वीफ्ट मार्फत पठाएर सहयोग गर्न सक्नुहुनेछ ।

(बिरामीको अवस्थाको बिषयमा बुझ्नु परेमा सम्पर्क नम्बर
+ 977-9851219541 कल गर्न सक्नुहुनेछ ।)

 

तपाईको प्रतिक्रिया

Loading…