राजविराजमा ठूलो परिमाणको लागुऔषधसहित यादव पक्राउ

राजविराज / सप्तरीको राजविराज नगरपालिका–२ राजदेवी चौकबाट ठूलो परिमाणमा लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरिएको छ । चेकजाँच गर्ने क्रममा सोहि ठाउँका ४८ वर्षीय पञ्चदेव यादवलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई सोमवार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । यादवको साथबाट स्पासमो प्रोक्सिभोन प्लस क्याप्सुल १ सय ५६ थान, नाइट्राजामपान अर्नाट टेन ट्यावलेट ८९ थान, नाइट्राजामपान नाइट्राभेट टेन ट्यावलेट ६५ थान, नाइट्राजामपान नाइट्रोशन ट्यावलेट १ सय ४६ थान बरामद भएको छ ।

यसैगरी डायजेपाम इन्जेक्सन ५० थान, लुपिजेस इन्जेक्शन ४५ थान, फेर्नागन इन्जेक्शन ५० थान र डायलेक्स डिसी २ बोतल बरामद भएको पत्रकार सम्मेलनमा जनाएको छ । यादवमाथि लागुऔषध ऐन २०३३ अनुसार सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…