तरहरा ग्याङ फाइट प्रकरण : राईको हत्यामा संलग्न तीन जनाले गरे प्रहरी समक्ष आत्मसर्मपण

इटहरी । इटहरी तरहराका राजन राईको हत्यामा संलग्न तीन जनाले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । इटहरी वडा नं. २० तरहरा स्थित एकता टोलमामा हिजो राती करिब ९ बजेतिर ग्याङ फाइट हुँदा राजन राईकाे मृत्यू भए पश्चात हत्यामा संलग्न प्रज्वल तामाङ, अभिषेक पौडेल र अभिषेक केसीले प्रहरीमा आत्मसर्मपण गरेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

राजन राई र प्रज्वल तामाङको समूहबीच झडप भएकाे थियाे । राईकाे शरीरभरि छुरा प्रहार भएकाे र उनकाे उपचारकाे क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएकाे थियाे ।

याे पनि पढ्नुहाेस्

इटहरी तरहरामा ग्याङ फाइट हुँदा एक जनाकाे मृत्यू

तपाईको प्रतिक्रिया

Loading…