मोरङ कानेपोखरीमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

मोरङ / मोरङ कानेपोखरी गाउँपालिका( ६ रमाइलो बजार स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ । शुक्रबार साझँ साढे ५ बजेको समयमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको को २७ प ८६७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भइ दुर्घट्ना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सोही नगरपालिका ४ का ३२ बर्षिय रबिन गहतराज घाइते भइ उपचाको लागि वी।पी। कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानपठाईएकोमा उपचारको क्रममा सोही साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…