मोरङमा ट्रयाक्टरको डालामा च्यापिएर चालकको मृत्यु

मोरङ /  मोरङको बुढीगंगा गाउँपालिका–७ स्थित एसटीएल इँटा भट्टा परिषरमा ट्रयाक्टरको डालामा च्यापिएर बुधबार दिउँसो चालकको मृत्यु भएको छ ।  बालुवा बोकेको को २ त ५१४ नम्बरको ट्रयाक्टरमा च्यापिएर चालक भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरका २५ वर्षीय भरत राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार इँटा भट्टा भित्र कम्पाण्डवाल बनाउनका लागि बालुवा लिएर गएको ट्रयाक्टर उकालो जाने क्रममा ब्याक हुँदा अगाडिको ईन्जिनको भाग उचालिएर दुर्घटना भएको हो ।

उचालिएको ईन्जिनको भाग र डालाले च्यापेर चालक राई घाइते भएका थिए । गम्भीर घाइते राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । शवलाई पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

Loading…