मोरङमा करेन्ट लागेर एक युवकको मृत्यु

विराटनगर / मोरङको धनपालथान गाउँपालिका–७ का एक युवकको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर २५ वर्षीय मोहम्मद इलियाज मियाँको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका मियाँको उपचारका क्रममा दिउँसो १२ः३० बजे विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको श्रेष्ठले बताए । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…