मोरङबाट भारत लैजाँदै गरेका ११ जना उद्दार, ३ जना पक्राउ

मोरङ / रोजगारीको प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनालाइ उद्धार गरिएको छ । उनीहरुलाई भारततर्फ लैजाने मोरङ उर्लाबारी नगरपालिका बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका बस्ने ४० वर्षीय हफिज अन्सारीलाई समेत प्रहरीले पक्राउ गरेकाे छ ।

उर्लाबारी नगरपालिका–४ बस्ने करन लिम्बुसहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको जनाएकाे छ । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…