मोरङको कटहरीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

विराटनगर / मोरङको कटहरी गाउँपालिका ४ नयाँ बजारमा ट्याक्टरको ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा सोमबार दिउँसो सहचालकको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ त ३७६८ नम्बरको ट्रयाक्टरको ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा सोही ट्रयाक्टरका सहचालक स्थानीय २२ वर्षीय महमद साकुला घाइते भएका थिए ।

साकुलाको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरलाई नियन्त्रणमा लिए पनि चालक भने फरार रहेका कारण खोजी थालिएको जानकारी प्रहरीले दिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया