मोटरसाईकल दुर्घटनामा १ जानको मृत्यु २ घाईते

सुनसरी / सुनसरीको गढी गाउँपालिका-५ मा मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार अपरान्ह ५ बजेको समयमा तिनमोहडी स्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ गईरहेको को १० प ४८७१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिदा छेउमै रहेको पानीको खाल्डोमा परेर मोटरसाईकल चालक गढी गाउँपालिका-६ का ३० बर्षीय राजेश्वर मण्डल घाईते भएका थिए ।

उनलाइ उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाईकल पछाडी सवार गढी गाउँपालिका-६ का २१ बर्षीय जितेन मण्डल र २२ बर्षीय कैलाश भन्ने राम नारायण मण्डल सामान्य घाईते भएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…