मोटरसाइकल सहित खोलाले बगाउदा मोरङमा एक जना बेपत्ता

मोरङ / मोरङको रंगेलीस्थित गेउरिया खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ । बिहीबार साँझ डाइभर्सनसँगै मोटरसाइकलमा रहेका एक व्यक्तिलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ । लगातारको वर्षाका कारण सिँगिया र बक्राहा खोला आसपासको सुकुम्बासी बस्तीका १ सय ५० भन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार खोलाले बगाएर बेपत्ता भएका व्यक्तिको खोजी कार्य भइरहेको छ । बेपत्ता भएका ब्यक्तिको पहिचान भएको छैन ।

तपाईको प्रतिक्रिया

Loading…