मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ ।सिमावर्ती विष्णु गाउँपालिका–४ विश्वनाथपुरमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा सुनिल महतोकीे ४० वर्षीया श्रीमती बबितादेवी महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बीआर ३० एच ९४३२ को मोटरसाइकलबाट भारतको मेजरगञ्जबाट आफ्नो घर आउँदै गरेको अवस्थामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुदाँ बबिताको ज्यान गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…