मृगौला पीडित छोरीको उपचारमा सहयोग गर्न आग्रह

विराटनगर / दुवै मृगौला विग्रिएपछि थला परेकी २५ वर्षीय पार्वती तामाङको उपचारमा सहयोग गरिदिन आमा धनमाया तामाङले आग्रह गरेकी छन् ।

विराटनगर महानगरपालिका–१३ मा बसोबास गर्दै आएकी पार्वतीको दुवै मृगौला गत मंसिरबाट विग्रिएको थियो । मृगौला विग्रिएर उपचाररत पार्वतीको खर्च अभावमा उपचार प्रभावकारी बन्न नसकेको आमा धनमायाले बताइन । धनमायाकी तीन छोरी मध्ये कान्छी चोरी पार्वतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अहिलेसम्म उनको उपचारमा डेढ लाख बढी खर्च भइसकेको छ । विभिन्न व्यक्तिले उपचारका लागि ४० हजार रुपैयाँ सहयोग गरेका छन् ।

घरवार केही पनि नभएर सुकुम्बासी जीवन विताउँदै आएकी धनमाया छोरी मृगौला विग्रिएर थला परेपछि थप तनावमा परेकी छन् । छोरीकै उपचारका लागि अर्काको जुठा भाँडा माझ्ने र मजदुरी गर्न थालेको उनले बताइन । ‘अहिलेसम्म उपचारमा डेढ लाख रुपैयाँ खर्च भइसक्यो,’ उनले भनिन््, ‘अब छोरीको उपचार गर्न हामीसँग पैसा छैन ।’ नियमित डाईलासिस गर्न चिकित्सकले सुझाव दिए पनि पैसाको अभावमा राम्रोसँग उपचार हुन नसकेको धनमायाको गुनासो छ ।

तपाईको प्रतिक्रिया

Loading…