मुसहर बस्ती भिलिमीली

पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं। ६ ले वडाका अतिविपन्न मुसर बस्तीका १६ घरमा सोलार वत्ति जडान गरेको छ । गाँउमा बिजुुली भए पनि बिजुलीको पहुच नभएका मुसहर बस्तीका मुसहर र बिपन्न बरिवारमा चाडपर्वमा मुस्कान छर्न र आग्लागी बाट बच्न वडाले सोलर बितरण गरेको हो । वडाले आर्थिक वर्ष २०७५÷०७६ योजना कार्यक्रमको अवसर पारेर अतिविपन्न र विद्युत उपयोग गर्न नसक्ने परिवारलाई सोलार वितरण गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख दिलिप कुमार राईले वडाले गरेको कार्यको प्रशंसा गर्दै खाट नभएर चिसो भुईमा सुत्न बाध्य भएको मुसहरको परिवारमा चाडौ अर्को नया कार्यक्रम ल्याउने बताएका छन । उनले नगरले संचालन गर्दै गरेका योजना १ नं। प्रदेशका १३७ वटा मध्ये पथरी शनिश्चरेमा एकदमै फरक खालको रहेकोले शिक्षा र स्वास्थ्य र नगरवासीको आवश्यक्ता अनुसारको कार्यमा नगरले सधै चासोसा साथ अघि बढेको बताए । नगरको गौरबको योजनाको रुपमा १ खर्व बराबरको लागतमा सपिङ महल निर्माणको डिपिआर तयार भएको, नगरका ३ वटा मुख्य सडकहरु कालोपत्रै गरिने, जनता तट्बन्ध कार्यक्रम अन्तरगत बक्राहा नदि र नगरको आफ्नै लगानीमा क्रमागत रुपमा डाँसखोला तट्बन्ध गरिने, प्रदेशको गौरबको आयोजनाका रुपमा वडा नं। १० मा रहेको १ सय ५० विगाहा जग्गामा वृहत सांस्कृतिक पर्यटकीय क्षेत्र निर्माण लगाएतका योजनाका बारेमा जानकारी गाराएका छन् ।

वडा अध्यक्ष जय बहादुर तामाङले आफ्नो वडामा यस्ता विपन्न परिवारको स्तर उकास्नका लागि निरन्तर लाग्ने बताएका छन् । यो भन्दा अगाडी पनि मुसहर बस्तीमा खाना पकाउने सोलार कुकर वितरण गरेको र अबका दिनमा उनिहरुको आर्थिक अवस्था कम्जो भएरहरुका लागि शिक्षा र स्वास्थ्यका क्षेत्रको कार्यक्रमहरु बनाइने तामाङले बताएका छन् । वडाले अघिल्लो आर्थिक वर्षमा संचालन गरेका योजना तथा कार्यक्रमका बारेमा पनि जानकारी गराइएको थियो ।

आर्थिक वर्ष ०७४÷०७५ मा ३७ वटा विकास निर्माणका योजना, मर्मत संभार, बिपत व्यवस्थापन, लक्षित वर्गका कार्यक्रम तथा योजना संचालन गरेको जानकारी दिइएको छ । आगामी वर्षका लागि १७ वटा विकास निर्माणका योजना र मर्मत संभार, बिपत व्यवस्थापन, लक्षित वर्गका कार्यक्रमका लागि गरी जम्मा ७९ लाख रुपैया विनियोजन गरेको अध्यक्ष तामाङले जानकारी दिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

पुर्वाञ्चलकाे भेट्रान दमककाे फराकीलाे जित

तेस्राे ढल्के जाेवन फुटबल प्रतियाेगितास : बिर्तामोड भेट्रानलाई ० का बिरुद्ध ४ गाेल गर्दै उर्लाबारी भेट्रान बिजयी

दुई स्रष्टा सम्मानित

मोरङको पथरीशनिश्चरेमा ४ सय २० महिलाको क्यानसर परीक्षण

तपाईको प्रतिक्रिया

Loading…