मानवजातिको हितमा प्राकृतिक स्रोतको प्रयोग हुनुपर्ने : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्राकृतिक स्रोतको प्रयोग मानवजातिको हितमा गर्नुपर्ने बताउनुभएको छ । प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँटसम्बन्धी आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले प्राकृतिक स्रोतको उपभोगबाट हुने प्रभाव, असर र यसले सम्पूर्ण मानव जातिमा भविष्यमा पार्ने दुष्प्रभावलाई ध्यान दिई उपयोग गर्न सुझाव दिनुभयो ।

मुख्यमन्त्री राईले प्राकृतिक स्रोतको कसरी उपयोग गर्ने भन्ने मुख्य चुनौती विद्यमान रहेको चर्चा गर्दै यस सम्बन्धमा आवश्यक कानून निर्माण गरी तीन निकायको समन्वयमा यसको प्रयोग गर्र्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले वातावरण क्षति न्यूनीकरणलाई ध्यानमा राखेर खानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले प्राकृतिक क्षेत्रको दोहनमा राजश्व मात्र नहेरी यसले पु¥याउने क्षतिका विषयमा ध्यान दिनुपर्ने बताउँदै विद्युत्को रोयल्टीसमेत स्थानीय निकायले पाउनुपर्ने माग गर्नुभयो ।

आयोगका अध्यक्ष बालानन्द पौडेल, सचिव बैकुण्ठ अर्याल, रेवतीरमण पराजुली, गोपी घिमिरे, अर्जुन पोखरेल, अनन्त न्यौपाने र महेन्द्र विष्टले हिमाली हवाई उडान रोयल्टी समावेश गर्नुपर्ने र लेखा प्रणाली व्यवस्थित गर्नुपर्ने लगायतका सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…