‘मानवअधिकारमा कर्तव्य र अधिकारबीच सामन्जस्यता हुनुपर्छ’

नेपालगञ्ज / मानवअधिकारको संरक्षण र संम्बद्र्धनका लागि कर्तव्य र अधिकारबीच सामन्जस्यता हुनुपर्नेमा जोड दिइएको छ । सत्तरीऔँ मानवअधिकार दिवसका अवसरमा आज यहाँ आयोजित ‘मानवअधिकारको अवस्था, चुनौती र संरक्षणको उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीलेहरू सबैको साँझा प्रयत्नबाट मात्र मानवअधिकार संरक्षण गर्न सकिने सुझाव दिएका हुन् ।

राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार सञ्जाल र भजन स्मृति अक्षयकोष संस्थाले संयुक्त रूपमा आयोजना गरेको अन्तक्र्रियामा नेपालगञ्ज उच्च अदालत इजलासका न्यायाधीश प्रेमराज कार्कीले मानवअधिकारको कुरा गर्दा यसको सैद्धान्तिक र व्यवहारिक पक्षबीच तालमेल हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य कृष्णा केसीले अबको राजनीति मानवअधिकारको अवधारणावाट अघि बढाइनुपर्नेमा जोड दिँदै यो सवाल एक व्यक्ति र एक समूहको मात्र नभएकाले सबैको सामूहिक प्रयत्न हुनुपर्नेमा जोड दिनुभयो । अन्तरपार्टी सञ्जालका जिल्ला अध्यक्ष विजया धिताल, अधिवक्ता वसन्त गौतम, चित्रबहादुर केसी लगायतले राजनीतिक अधिकारका साथै सामाजिक अधिकारसँग मानवअधिकारलाई जोडनुपर्ने धारणा व्यक्त गनुुभयो ।
रासस

तपाईको प्रतिक्रिया

Loading…