माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

खोटाङ / खोटाङको साकेला गाउँपालिका-४ हुपापु भन्ने स्थानमा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ । दिउँसो २ बजे साकेला गाउँपालिका-५ कामिसरामा रहेको भिरमा रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर साकेला गाउँपालिका-४ बस्ने बर्ष ३५ की तारा खड्काको मृत्यु भएको हो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ ।

Purbeli TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…