माईखोलामा डुबेर १ जनाको मृत्यु

झापा / झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलामा १ जनाको शव फेला परेका छ ।

आज बिहान पौने ११ बजेको समयमा माईखोलाको पुल देखी १ किलोमीटर दक्षिण खोलाको किनारमा पानीमा तैरीरहेको अवस्थामा सोही स्थान बस्ने वर्ष ५५ को सपन चौधरी मृत अवस्था फेला परेका हुन् ।

घटनाबारे जानकारी पाउनासाथ तत्काल अस्थायी प्रहरी चौकी माईधारबाट प्रहरीको टोली खटिगईएको थियो भने आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…