महोत्तरीमा ट्रक र टिपर ठाेक्किँदा २ जनाको मृत्यु

महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर ५ माईस्थान चौकमा गएराति १ बजे ट्रक र टिपर एक आपसमा ठोक्किँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।

रोकिराखेको अवस्थामा रहेको ना ६ ख ३०२० नम्बरको ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्वरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर दुबै गाडिका सहचालकको मृत्यु भएको प्रहरीको अनुमान रहेका छन । मृत्यु हुनेको नाम र ठेगाना नखुलेका र दुबै चालको अवस्था सामान्य रहेकाले बर्दिवास स्थित शुभस्वथित अस्पतालका उपचार भईरहेको बर्दिवास ईलाका प्रहरी कार्यलयले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

Loading…