महाेत्सव लागेकाे अागनमै ब्यवस्थित शाैचालय नहुदा पर्यटकहरू समस्यामा

धरान / धरानमा अन्य स्थानमा भन्दा बढी मेला तथा उत्सव लाग्ने गरेको छ । त्यसमा पनि धरानमा हुने अधिकांश मेला तथा उत्सव धरान १२ पब्लिक माविको चउरीमा लाग्ने गरेको छ । धरानको बीच भागमा पर्ने यस स्थानमा सबै क्षेत्रबाट मेला अवलोकन गर्न आउनेलाई सहज हुने र मेला आयोजना गर्न पनि प्रसस्त ठाउ भएकै कारण यस स्थानमा बढी मेला तथा उत्सवको आयोजना हुने गरेको हो । यतिका सुविधा हुदाहुदै पनि त्यहा रहेको शौचालय भने जीर्ण दुर्घन्धित छ । यसको निर्माणको लागि न त भाडा लगाएर पैसा असुल्ने पब्लिक माविले नै ध्यान दिएको छ न त मेला आयोजकले नै त्यसतर्फ ध्यान दिने गरेको छ ।

पछिल्लो पटक सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशिक महोत्सव अवलोकनका लागि आउनु भएका इटहरीका देवराज मादेन सौच गर्न सौचालय जादा भित्र पस्नै सक्नु भएन । कारण थियो सौचालय भरिएको अवस्था एकातिर भने भरिएको मलमुत्र सौचालयबाहिर निस्केर खुट्टा टेक्ने ठामसम्म थिएन । नाक थुनेरै भएपनि जसोतसो सौचालय पुगेर आएको बताउने उहाले सौचालयजस्तो अत्यावश्यक कुराको सरसफाई तथा निर्माणमा हेलच्क्र्याई गर्ने मेला आयोजक तथा चउरी भाडामा दिने पब्लिक माविप्रति असन्तुष्ट व्यक्त गर्नुभयो ।

चउरीको पूर्वपट्किो एक छेउमा टिनले बारिएको  सौचालयमा दुईवटा सौच गर्ने ठाउ छन् तर महिला र पुरुष भनेर छुट्याइएको छैन । शौचालय जादा होस् पु¥याएर गएन भने वित्यास समेत पर्न सक्छ कारण दुवै सौचालयको चुकुल लाग्दैन भने टिनका ढोका प्रयोग गरिएको छ त्यो पनि प्वाल परेको छ । यस्तो सौचायका कारण पुरुषलाई भन्दा बढी महिलालाई अफ्ठ्यारो पर्ने गरेको मेला अवलोकनमा आउनु भएकी धरान ८ की तारा शाक्यले बताउनुभयो ।

त्यतिमात्र कहा हो र्र सौचालयमा पानीको व्यवस्था समेत छैन । सौच गर्न जानेहरु ा बाहिरबाट मिनरल वाटरको बोतलमा पानी लिएर जाने गरेका छन् । यसरी पान िलिएर जानेहरले पानीको प्रयोगपछि बोतल त्यही छाडिदिने गरेका छन् । जसले गर्दा सौचालय अझ जाम हुने गरेको पाइएको छ ।

सौचालयको यस्तो अवस्थामा कसैलाई वेवास्ता नभएको प्रति मेला अवलोकनमा आउनु भएका धरान १३ का लक्ष्मण भट्टराईले गैरजिम्मेवारीपनको संज्ञा दिनुभयो । उहाले मेला आयोजनाकै लागि भनेर चौरी प्रयोग गर्न दिइएको भए भाडा असुलेर लिने पब्लिक माविले सौचालय सफा र निर्माण गर्नुपर्ने र हैन आयोजककै इच्छामा विना शुल्क मेलाको आयोजना गरेको हो भने आयोजकले सौचालय सफा र निर्माण गर्नुपर्ने बताउनुभयो ।

मेला आयोजना गरेवापत दैनिक १५ हजार भाडा वापत असुल्ने पब्लिक माविले सौचालय सफा गर्ने र मर्मत गर्ने जिम्मा आफ्नो नभएको गैरजिम्मेवारी जवाफ दिने गरेको छ । चउरी विद्यार्थीहरुको खेलकुदको लागि प्रयोजनका लागि भएका कारण मेला आयोजकले सौचालयको व्यवस्था आफैले गर्नुपर्ने बताउनुहुन्छ पब्लिक माविका प्रद्यानाध्यापक इन्द्रमोहन झा । मेला लगाएवापत दैनिक १५ हजार विद्यालयले शुल्क लिने स्वीकारे पनि प्रद्याध्यानाध्यापक झाले निर्माण र सफा गर्ने काम विद्यालयको नभएको बताउनुहुन्छ ।

मेला आयोजनाबाट नै बार्षिक ४ लाख भन्दा बढी बढी सकलन गर्ने विद्यालयले सौचालयप्रति ध्यान नदिनु र मेला आयोजकले समेत सौचालयतफ ध्यान नदिदा सौचालयकै कारण मेला अवलोकनकर्ताहरुलाई समस्या हुने गरेको छ । यसतर्फ मेला आयोजनाबाट शुल्क लिने पब्लिक मावि र आयोजकले सोच्ने बोल आएको छद्ध । सौचालय दुर्गन्धित भएकै कारण विद्यालयका विद्यार्थीहरु प्रभावित समेत हुने गरेका छन् । फोहोरके कारण विद्यालय दुर्घन्धित हुने त छदैछ विद्यार्थीहरुको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना बढेर गएको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा सविन राईको मृत्यु

धरानमा सुरू भयाे चित्रकला मेला ०७६

धरान पिण्डेश्वरमा श्राद्ध गर्नेहरुको भीड

सल्लेरी र शिखर सगरमाथा सुनचाँदी इण्डष्ट्रिजबाट ठगिएका बचतकर्ताहरुले गरे पत्रकार सम्मेलन, कांग्रेस नेतासमेतको मिलेमतोमा ठगी भएको आरोप

तपाईको प्रतिक्रिया

Loading…