महान्यायाधीवक्ताले गरे प्रहरी कार्यालयको निरीक्षण

विराटनगर / नेपाल सरकारका महान्यायधीवक्ता अग्नी खरेलले बिहीबार बिहान मोरङको उर्लाबारीमा रहेको इलाका प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ । महान्यायाधीवक्ता खरेसहित जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारी, जिल्ला न्यायधीवक्ता मनोज आचार्य लगायतको टोलीले उर्लाबारी प्रहरी कार्यालयको निरीक्षण गरेको हो ।

महान्यायधीवक्ता खरेलले इप्रका उर्लाबारीको थुनुवा कक्ष, थुनुवाको अवस्था, सुविधा, उपचार लगायतका विषयमा चासो राखेको प्रहरी निरीक्षक सुवास राईले जानकारी दिए । महान्यायधीवक्ता खरेलसहितको टोलीले कार्यालयको निर्माण भइरहेको नयाँ भवनको समेत निरीक्षण गर्नुभएको थियो । प्रदेश १ सरकारको दुई करोड ९३ लाख ५३ हजार ९० रुपैयाँको लागतमा कार्यालयको अढाई तले कार्यालय भवन निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…