मदन भण्डारी लोकमार्ग विस्तारसगै कटारीका दलित वस्ती विस्थापीत हुदै

उदयपुर / मदन भण्डारी लोकमार्ग अन्तर्गत धरान–चतरा–हेटौडा सडक योजनाको विस्तारसगै कटारी नगरपालिका ४ कटारी वसर्पाक नजिकैको मुसहर वस्ती विस्थापित हुने भएको छ । दक्षिण क्षेत्रमा प्रसस्त स्थान हुदाँ हुदैपनि नजिकैबाट सडक विस्तार हुदाँ २२ घर रहेको मुसहर वस्ती विस्थापित हुन लागेको हो ।

सडक विस्तारसगै वस्ती विस्थापीत भएमा त्यहाका मुसहर पुन सुकुम्वासी हुने छन । नेपाल सरकारले सुकुम्वासी मुसहरलाई २०५५ सालमा अहिले बसोबास गरिहेको जग्गामा लालपूर्जा दिएर जग्गाको मालिक बनाएको हो । सामन्य वसोवास गर्न पुग्नसम्मको जग्गामा नेपाल सरकारले नै जनता आवास कार्यक्रम अन्र्तगत घर बनाई दिएको छ । सरकारले नै जग्गा दिएर घर समेत बनाई दिएपनि सडक विस्तारले विस्थापीत हुनु परेमा मुसहर पुनः सुकुम्वासी हुने भएका छन ।

पुस्तौदेखि अहिले बसोवास गरिरहेका स्थान मै मुसहरहरु वस्दै आएका थिए । अन्य विकल्प नहुदाँ तावा खोला किनार र कटारी बजार भन्दा तल खोला छेउमा वस्दै आएका सरकारले उनीहरु कै नाममा जग्गा दर्ता गराएर लालपूर्जा समेत दिएको उनीहरु वताउँछन । तर अन्य विकल्प नदिई वस्तीबाटै सडक विस्तार हुने भएपछि समस्यामा परेको स्थानीय हरि कार्कीले बताए ।

‘दुई पुस्ता अहिलेकै स्थानमा वित्यो, खोलाले समेत विस्तापीत गर्न सकेन’ स्थानीय नन्द माया परियारले भने, ‘ मेरो श्रीमानलाई सरकारले जग्गा दर्ता गरिदिएको हो ।’ सरकाले नै दिएको जग्गा सडक विस्तार हुने भएपछि फेरी सुकुम्वासी हुने अवस्था भएको उनले वताए ।

सडक विस्तार गर्न वस्तीभन्दा दक्षिण क्षेत्रमा तावाखोला किनारको खाली जग्गा रहेको नन्दमायाले वताए । तर त्यस क्षेत्रमा नलगेको र अन्य वोलवाला भएको व्यक्तिको जग्गा र घर बचाएर मुहसर वस्ती तर्फ सडक विस्तार गरेको स्थानियहरुको आरोप छ ।

अहिले सडक विस्तार गर्ने क्रममा वस्तीबाटै विस्तार हुदै गरेको स्थानीय लक्ष्मी परियारले वताइन। तल्लतीरबाट सडक लैजदा वस्ती बच्ने तर कसैले सहयोग नगरेको उनको आरोप थियो । तर सडक सर्वे भैसकेकोले अहिले आएर र्फेन नमिल्ने भन्दै वस्तीबाट सडक बन्न लागेको उनले वताए । ‘सडक वस्ती विस्थापीत हुदै निर्माण हुदै छ’ लक्ष्मीले भनिन, ‘वस्ती वचाएर लैजान बारम्बार अनुरोध गरिीएपनि होला जस्तो छैन ।’ सडक विस्तारबाट वस्ती विस्थापीत भए मुसहरसंगै दुई घर परियार परिवारपनि सुकुम्वासी हुने उनले वताए ।

२ पुस्ता अघिनै वस्तीलाई सरकारले नापी गरेर पुर्जा दिएको स्थानीय ५३ बर्षीया नन्दमाया परियारले वताइन ।‘सकारले दिएको जग्गा अव सरकारले नै सडक बनाउने भन्दै खोस्ने भयो’ उनले भनिन, ‘जग्गा पाउने बुढापनि मरेर गए भएका छोराछोरी नाति नतिना लिएर अव काहाँ जाने ।’ पुन सुकुम्वासी भएर जंगल क्षेत्र वा खोला किनार मै वसोवास गर्नु पर्ने अवस्था रहेको उनले वताए ।

मदन भण्डारी लोकर्माग विस्तारले मुसहर वस्ति विस्थापीत हुने कटारी नगरपालिका ४ का वडाध्यक्ष कृष्ण दनुवारले वताए । ‘पटक पटक मुसहर बस्ती जोगाएर सडक विस्तार गर्न पहल गरियो’ वडाध्यक्ष दनुवारले भने, ‘अहिले पनि २२ परिवार रहेको मुसहर वस्ती जोगाएर सडक विस्तार गर्न पहल भईरहेको छ ।’ विकल्प हुदाँ हुदै सडक वस्तीबाटै विस्तार हुनु दुर्भाग्य भएको उनले वताए ।

यता सडक एलाईमेन्ट बाहेकको क्षत्रेमा रहेको मानव वस्ती विस्थापीत नगरिने सडक योजनाको पूर्वी खण्ड आयोजन कार्यालय गाईघाटका प्रमुख ललितजन खनालले वताए । ‘सडक विस्तार हुने क्षेत्रमापनि एलाइमेन्ट एरियामै परेमात्रै वस्ती विस्थापीत हुन्छ’ प्रमुख खनालले भने, ‘सडक एलाईमेन्टमा नपरेर वस्ती विस्थापीत हुदैन ।’

पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा सडक निर्माण कार्य जेडआइइसी लामा एण्ड शर्मा जोइन्ट भेन्चरले करिव अढाई बर्षयता गरिरहेको छ । यो खण्डमा निर्माण हुने ४३ वटा पुल वाहेक सडकको पूर्वाधार निर्माण गर्ने कार्य भइसकेको छ । कतिपय स्थानमा वेस र सववेसको काम भई कालोपत्रे गर्ने अवस्था भईसकेको छ ।

सरकारले मदन भण्डारी लोकमार्ग नामाकरण गरेको धरान–चतरा–हेटौडा सडक योजना दुई खण्डमा विभाजन गरेर निर्माणको लागि ठेक्का लगाइएको छ । धरानदेखि सिन्धुलीको भिमानसम्म पूर्वी खण्डमा पर्दछ । पूर्वी खण्डमा ४३ वटा पुल सहित १ सय ३४ किलोमिटर सडक निर्माण कार्य करिव दुई बर्षयता भइरहेको छ । विभिन्न खोलामा निर्माण हुने पक्की पुल बाहेक ६ अर्ब रुपैयाँको लागतमा ३ बर्ष भित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम भइरहेको सडक आयोजनाले जनाएको छ । यस खण्डमा पर्ने ४३ ओटा पुल निर्माणको ठेक्का भने कोभेक–रसुवा–टुन्दि जेभी कन्ट्रक्सनले लिएर काम गरिरहेको छ ।

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

मृगौला पीडितलाई कतारमा श्रम गर्नेहरुको सहयोग

पर्यटक प्रवद्र्धनको लागि ‘राईड टु कोशीटप्पु २०७५’ को आयोजना हुने

मदन भण्डारी लोकमार्ग विस्तारसगै कटारीका दलित वस्ती विस्थापीत हुदै

उदयपुरमा कुकुर आतंक, दुई दिनमा २७ जनालाई टोक्यो

बजारमा ग्यासको कृतिम अभाव सिर्जना गरि कालाबजारी

क्यान्सर पीडित दनुवारद्वारा आर्थिक सहयोगको अपिल

सुनकोसीमा पाँचौ पटक बेलिब्रिज जडान

नेपाली पत्रकारितामा दिगो र खोज पत्रकारिता हराउँदै : कार्यावाहक अध्यक्ष श्रेष्ठ

उदयपुर सिमेन्टको धुलो नियन्त्रणले वातावरण स्वच्छ बन्दै, स्थानीको गुनासो समाधान, हुन थाले स्वच्छ सफा तरकारी उत्पादन

पीडित र टिफर संचालक विचको वार्ता असफल : मृतकको दाह संस्कार भएन

तपाईको प्रतिक्रिया