मगर जातिको महान चाड माघ्य संक्रन्ति साल्र्हेस पर्व

इटहरी । मगर जातिको महान चाड माघ्य संक्रन्ति साल्र्हेस पर्व नेपाल मगर संघ इटहरी उपमहानगर समितिको आयोजनामा इटहरीको जनता बहुमुखि क्यामपसको प्रांग्रडमा एक कार्यक्रम गरि मनाएको छ । सस्कृति जोगाउने उद्धेश्य सहित कार्यक्रम गरि मगर जातीका भेषभुषा सहितका सबै भेला भएर एकअर्कामा आदन प्रदान गरी पर्व मनाएको हो ।

बिगत लामो समय देखि मनाउदै आएको माघ्या संक्रान्ति यस बर्ष पनि भव्यताको साथ मनाएको कार्यक्रमका उपाध्यक्ष भोज बाहदुर मगरले बताए । बिभिन्न सास्कृतिक कार्यक्रम सहित मनाईएको कार्यक्रममा बिभिन्न खाने परिकारको पनि व्यवस्था गरिएको थियो । कार्यक्रममा प्रदेश एकका सामाजिक बिकास मन्त्रि जिवन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

हाम्रो संकल्प शिक्षा, संगठन, सर्घष र समृद्धि अभियान मार्फत मगर समुदायको उन्नति भन्ने नारा सहित बभिन्न कार्यक्रमका् आयोजना हुदै आएको थियो । कार्यक्रममा खोप बहादुर मगर, सर्वध्जय सावाँ, मगरसंघको प्रदेश संयोजक तेज कुमार आलेमगर लगायतले माघ्य संक्रान्तिको सुभकामना व्यक्त गरेका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…