भ्रमण वर्ष सफल बनाउन विराटनगर जेसीसकाे सप्ताव्यापी कार्यक्रम

विराटनगर / सरकारले मनाउन लागेको ‘भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले विराटनगर जेसीसले सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ । सरकारले धेरैभन्दा धेरै पर्यटक भित्रयाउने लक्ष्य राखेका बेला विराटनर जेसीसले भ्रमण वर्षलाई टेवा पु¥याउने महत्वपूर्ण कार्यक्रम गर्न लागेको हो । ‘जेसीस सप्ताह’ कार्यक्रम अन्तर्गत विराटनगर जेसीसले मनाउने साताभरीको कार्यक्रमका बारेमा बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । सप्ताहको पहिलो दिन शनिबार प्रदेश १ भरी रहेको पर्यटकीय स्थलको प्रचार–प्रसार गर्ने कार्यक्रम छ ।

प्रदेशभरी रहेको पर्यटकीय स्थलको बारेमा घुम्न जाने पर्यटकलाई जानकारी पु¥याउने उद्देश्यले विराटनगरमा स्टल राखिने विराटनगर जेसीसका अध्यक्ष सेवक बजगाईले जानकारी दिए । ‘विराटनगरको विरेन्द्र सभा गृह हल छेउमा रहेको इकोफन पार्कमा प्रदेशभरीको पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन हामी त्यहाँे स्टल रहनेछ,’ अध्यक्ष बजगाईले भने, ‘ यहाँ रहेको पर्यटकीय क्षेत्रको बारेमा हामी जानकारी गराउछौं । यसले भ्रमण वर्षलाई थप टेवा पुग्ने विश्वास लिएका छौं ।’

सोही दिन पर्यटकीय स्थलको विवरणहरु संकलन गरी विराटनगरदेखि भेडेटारसम्म मोटसाइकल ¥याली निकालिने उनको भनाइ छ । उनकाअनुसार ¥यालीमार्फत भ्रमण वर्षको प्रचार–प्रसार गर्ने योजना छ । ‘विगत वर्षहरूमा भन्दा यस पटक जेसीसको सप्ताहव्यापी कार्यक्रम फरक तरिकाले मनाउने हामीले तयारी गरेका हौं । यसमा हामीले सरकारको पनि साथ सहयोग र समर्थन पनि पाएका छौं,’ बजगाईंले भने ।

शनिबारदेखि सुरु हुने कार्यक्रम कार्तिक २९ गते समापन हुनेछ । सप्ताहव्यापी कार्यक्रमको मुख्य संयोजकमा उज्जल खरेल छन् भने अन्य दैनिक हुने कार्यक्रमको पनि छुटा–छुट्टै दिनका संयोजकहरू तोकिएका छन् । विराटनगर जेसीसले युवा व्यवसायीहरूलाई ‘बिजनेश टे«डिङ्ग’ पनि दिने भएको छ । उक्त ट्रेडिङ्ग कात्तिक २८ गते हुनेछ । यस्तै स्टेशनसरीका सामग्री वितरण, अन्तर स्कुल ट्यालेन्ट प्रतियोगिता, ट्राफिक सचेता मुलक कार्यक्रम हुने खरेलले बताए । उनले जेसीस सप्ताह सम्पन्न गर्न तीन लाख खर्च हुने जानकारी दिए । सप्ताहको अन्तिम दिन विभिन्न क्षेत्रका तीन जना युवाहरूलाई सम्मान गरेर कार्यक्रमको समापन गरिने उनको भनाइ छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…