भ्यानको ठक्करबाट इटहरीमा एक पुरुषको मृत्यु

सुनसरी । पूर्वपश्चिम राजमार्ग्स्थित सुनसरीको इटहरी–१६ बालग्राममा भ्यानको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । इटहरीबाट इनरुवा जाँदै गरेको को १ ज ३६६० नम्बरको भ्यानले शुक्रबार राति पैदल यात्री पुरुषलाई ठक्कर दिएको थियो। ठक्करबाट करिब ४० वर्षका ती पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक जितेश दाहालले जानकारी दिए ।

भ्यान तीव्र गतिमा रहेकाले अनियन्त्रित भई ती पुरुषलाई ठक्कर दिएको हो। भ्यान चालक बराहक्षेत्र नगरपालिका–२ चतराका २५ वर्षीयको रवीन दुलाललाई प्रहरी नियन्त्रणमा लिएको छ । मृतकको शव सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…