भोजपुर बजारमा आगलागी ५२ लाखको क्षति (तस्विर तथा भिडियाे सहित)

भोजपुर /भोजपुर सदरमुकामको पोखरेमा विहिवार दिउँसो आगलागी हुँदा ५२ लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बखतवहादुर श्रेष्ठको घरबाट आगलागी शुरु भएको हो ।

आगलागीबाट श्रेष्ठको किराणा पसल, नगद पाँच लाखसंगै सम्पुर्ण सामग्री जलेर नश्ट भएको प्रहरीको भनाई छ । त्यस्तै आगो नियन्त्रण गर्ने क्रममा पासपासका दुई ओटा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

साँघुरोबाटोको कारण नगरपालिकाको दम्कल जान नसेकेपछि नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रण आएको थियो । । आगो विद्युत सर्ट भएर लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…