भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय भवनमा आगलागी

भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय भवनमा गएराती आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी हुँदा कार्यालयका महत्वपुर्ण कागजातहरु जलेर नश्ट भएको नगरपालिका उप– मेयर मेरिका राईले जानकारी दिइन् । आगलागीबाट विभिन्न वडाबाट आएका कागजातसंगै एक ओटा कम्युटर प्रिन्टर, लगाएतका सामग्री जलेर नश्ट भएको नगरपालिकाले जनाएको छ । आगो स्थानिय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो । क्षतिको पुर्ण वितरण भने आउन वाँकी रहेको कार्यालयले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया