भिरबाट लडेर एक जनाको मृत्यु

ताप्लेजुङ / ताप्लेजुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएकाे छ । सिरिजंघा-४ फुन्द्रुवा बस्ने ३६ बर्षीया खड्गीमाया भट्टराईको भिरबाट लडेर मृत्यु भएको हाे । घरबाट करिब दुई किलोमिटर निगुरे खेतमुनिको भिरतिर घाँस काट्न भनि गएकी खड्गीमाया दिउसो ३ बजे सम्म घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा उनलाई निगुरे खेतमुनिको भिरमा मृत अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय तेल्लोकले जानकारी गराएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

Loading…