भारततर्फ लैजाँदै गरिएका गाई नियन्त्रणमा

सप्तरी / अवैध रुपमा भारततर्फ लैजाँदै गरेका ४१ गाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका–१ स्थित सप्तरी र सिरहाको सिमाना रहेको बलान खोलाबाट गाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरेका गाई बेवारिसे अवस्थामा नियन्त्रणमा लिइएपनि तस्कर फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । नियन्त्रणमा लिइएका गाईलाई आवश्यक कारवाहीका लागि आज तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सार कार्यालयमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…