भाइबरमा चिट्ठा अातंक : उपहार परेकाे भन्दै ठगि गर्ने गिराेह पक्राउ

माेरङ /  जिल्ला प्रहरी कार्यलय माेरङले ४० लाखको चिठ्ठा परेको छ भन्दै ठगी गर्ने गिरोह लाई पक्राउ गरेकाे छ ।  जिल्ला पर्वत देउपुर गाउपालिका वडा नम्बर २ बस्ने बर्ष ४२ की संगिता कुमारी गुरूङले भाईवरबाट तपाईको नाममा रू ४० लाखको चिठ्ठा परेको छ भन्दै सो चिठ्ठा प्राप्त गर्न तपाईले रू ६५ हजारको राजश्व बुझाउनु पर्छ भनि म्यासेज आएको र त्यसको केही समय पछि आकाश शर्मा नाम बताउने मानिसले फोन गरी तपाईलाई चिठ्ठा परेको छ भन्दै सो बापत बुझाउनु पर्ने रकम निजले पठाएको ठेगाना मा पठाउनु भनेका थिए ।

डमरलाल झाको नाममा रू. ६५ हजार ,३सय ५० रुपैया (आई एम ई शुल्क ३५० सहित) पठाईए पश्चात पुन चेकमा सही गर्नको लागि थप १ लाख,४०हजार रुपैया पठाउनु पर्छ भन्दै पुन : माग गरेको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।

चिठ्ठाको रकम पाउने आसमा संगिता कुमारी गुरूङले १ लाख ४० हजार ५सय रुपैयाँ (आई एम ई शुल्क ५०० सहित) बलराम बिश्वासको नाममा पठाए पश्चात पुन सोही गिरोहबाट २ लाख ७० हजार रुपैयाँ माग गरे पछि ठगि गरेको भन्ने शंका लागि उजुर गरेका थिए ।उजुरीको अाधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट गोप्य रूपमा खोजतलास तथा अनुसन्धान गर्दै जाँदा जिल्ला सुनसरी दुहबी नगरपालिका वडा नं. ६ बस्ने देव नारायण बिश्वासको छोरा बर्ष २९ को बलराम बिश्वासलाई विराटनगर महानगरपालिका वडा नं. १ ईस्टर्न ईन्जिनियरिङ कलेज नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुनसरी दुहवी नगपालिका ६ बस्ने बर्ष २९ का बलराम बिश्वास,विराटनगर महानगरपालिक ७ बस्ने बर्ष ५५ का अनुपचन्द सेठिया, ललित सेठिया, बिमल कुमार चिरानिया, श्रवण कुमार साह, भारत देश दरबंगा सुन्दरपुर वडा नम्वर २ बस्ने बर्ष ३७ को पंकज कर्ण रहेकाे प्रहरीले उनिहरुकाे साथ बाट नगद रू ८६,५९३४५।- भारतिय नगद रू १०००।- चाँदीको जस्तो टुक्रा थान ४ चाँदीको जस्तो सिक्का थान २ मोवाईल थान ६ र कागजातहरू बरामद गरिएको प्रहरी प्रवक्ता विष्णुहरि कोईरालाले जानकारी दिनुभयो ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…