बोलेरो दुर्घटना अपडेट : गम्भिर घाइतेलाई काठमाडौं रेफर

उदयपुर / उदयपुरगढी गाँउपालिका १ विष्णुचौरमा स.१ज ५०६ नम्बरको बेलेको जीप दुर्घटना हुँदा एक जनाको घटना स्थमलै मृत्यु भएको छ भने जिपमा सवार दुई जनालाई काठमाडौं र एक जनालाई विराटनगर रेफर गरिएको छ । दुर्घटनामा परी उदयपुरगढी गाउँपालिका १ मुर्मेकी ४५ वर्षिय केशर माया परियारको घटना स्थलमै मृत्यु भएका थियो भने सोही वडाको खड्ग बहादुर भुजेलको बर्ष १४ छोरा बिनोद भुजेल गम्भिर घाइते भएका थिए । उनको बायाँ खुट्टा भाँचिएको र अबस्था गम्भीर रहेकोले काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै रेफर हुनेमा खड्ग बहादुरकी श्रीमति ३८ की राधिका भुजेल र ६० वर्षिय राम बहादुर आले मगर रहेका छन् । भुजलेलाई काठमाडौं र आलेमगरलाई विराटनगर रेफर गरिएको छ । यस्तै घाइते हुनेमा उदयपुरगढी गाउँपालिका १ का बिशाल परियारको कटारी अस्पतालमा अस्पतालमा उपचार हुँदैछ । सोही गापा २ का ५८ को पदम बहादुर मगर, बर्ष ३८ की रिता परियार र निजका छोरा वर्ष ६ का राजेन्द्र परियार, वर्ष २९ की मिथिला मगर सामान्य घाइते भएका छन् । घाइते हुनेमा दिनेश मगर र बिना राई समेत रहेको छ ।

बोलेरो अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने र चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उकालोमाभार तान्न नसकेर जिप सडकबाट झण्डै १५ मिटर तल खसेको प्रहरीले जानकारी दिए ।

Subscribe PURBELI TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

उदयपुरमा करेन्ट लागेर ७ वर्षिय बालकको मृत्यु

राजातन्त्र फर्किदैन् : नेता केसी

फोनिज १ नं. प्रदेशको अध्यक्षमा जम्नेली, १९ बुद्धे घोषणापत्र जारी गर्दै महाअधिवेशन सम्पन्न

उदयपुरमा जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

सुनकोशीमा डुवेर दुई विद्यार्थी वेपत्ता

उदयपुर ट्राफिक कार्यालयद्वारा ७७ लाख ३४ हजार राजस्व संकलन

उदयपुरको बजेट २ अर्ब ६९ करोड ७७ लाख, सवै भन्दा बढी त्रियुगा नगरपालिकामा

उदयपुरमा तीन तल्लाबाट लडेर एक महिलाको मृत्यु

उदयपुरमा टिप्पर १ किलो मिटर तल खस्यो, सहचालक सहित दुईको घटना स्थलमै मृत्यु

उदयपुरमा मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै पत्रकारद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

तपाईको प्रतिक्रिया

Loading…