बेलबारी प्रहरीले फेला पार्यो १७ वटा हराएका मोबाईल

बेलबारी / मोरङको बेलबारी,सुन्दरहरैचा लगायत बिभिन्न स्थानबाट बिभिन्न मितिमा हराएका १७ थान मोबाईलहरु फेला पारी ईलाका प्रहरी कार्यलय बेलबारीले मोबाईलधनीलाई बुझाएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यलय मोरङले ईलाका प्रहरी कार्यलय बेलबारीमा पत्रकार सम्मेलन गरी बिभिन्न समयमा हराएका मोबाईल फेला पारी मोबाईलधनीलाई बुुझाएको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरिक्षक बिश्व अधिकारी,ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख गुणराज बुढाथोकीले मोबाईलधनीलाई मोबाईल बुझाएका छन ।

बिभिन्न समयमा हराएर ईलाका प्रहरी कार्यलय बेलबारीमा निबेदन दिएका मोबाईलधनीहरुको निबेदनको आधारमा मोबाईल खोजी गरी देशका बिभिन्न स्थानमा मोबाईल फेला पारी मोबाईलधनीलाई बुझाएको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकीले बताए ।

७ लाख ६५ हजार मुल्य बराबरका मोबाईल भेटाएर मोबाईलधनीलाई बुझाईएको छ । यसअघि ईलाका प्रहरी कार्यलय बेलबारीले दुईपटक गरी ३० बढी मोबाईलहरु भेटाएर मोबाईल धनीको जिम्मा लगाईसकेको निरिक्षक बुढाथोकीले बताए ।

तपाईको प्रतिक्रिया

Loading…