बेलबारी नगरपालिका भित्र नगरसभा बाहिर जुलुस र नाराबाजी


बेलबारी / बेलबारी नगरपालिकामा मंगलबार अनौठो दृष्य देखियो । भित्र चौथो नगरसभा चलिरहेको थियो भने बाहिर गेटमा मेयर बिरुद्ध नै जुलुस र नाराबाजी भईरहेको थियो ।

बिहान ११ बजे तोकिएको नगरसभा ११.३० मा शुरु हुनेबित्तिकै बाहिर गेटमा सयौको संख्यामा पुगेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले मेयर बिरुद्ध नाराबाजी गरेका थिए । भित्र उपमेयर ढाकाकुमारी पराजुलीले निति तथा कार्यक्रम प्रस्तुत गरुञ्जेल बाहिर नाराबाजी गरिएको थियो । नगरले तयार पारेको शिक्षा बिधेयक र बेलबारी ८ का वडाध्यक्ष धनपति गौतमलाई अनुपस्थित देखाएर सो वडाका सचिब तथा वडासदस्यहरुले तयार पारेको योजना कार्यन्वयन गरेको तर वडाध्यक्षको योजना नपरेको भन्दै मेयरले मनोमानी गरेको र गलत अभिब्यत्ति दिएको भन्दै सो अभिब्यत्ति सच्याउन उनीहरुले माग गरेका थिए ।

नगर सभापति शम्भु भट्टराई,कोषाध्यक्ष जनक पोख्रेल,तरुण दलका क्षेत्रीय अध्यक्ष छत्र लिम्बु,काँग्रेस क्षेत्रिय सभापति मोहनबिक्रम कार्की लगायत सयौँको संख्यामा पुगेका नेता तथा कार्यकर्ताहरुरुले नगरपालिकाको गेटमा नाराबाजी गरेका थिए । सोही क्रममा क्षेत्रिय सभापति मोहनबिक्रम कार्कीले मेयरको ज्यादती बढेको भन्दै आफुलाई ज्ञानेन्द्र सुवेदी नै बनाउनु ज्ञानेन्द्र शाह बन्न खोज्दा उनको जस्तै हविगत हुने भन्दै चेतावनी समेत दिएका छन । सोमबार मात्र नेपाली काँग्रेसले शिक्षा बिधेयक,कर बृद्धि लगायतका बिषयमा ज्ञापनपत्र बुझाएको थियो भने बिहिबार नेपाली काँग्रेसका तर्फबाट बिजयी भएका ४ जना वडाध्यक्षले नोट अफ डिसेन्ट लेखेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…