बेलबारी खुल्ला दिशामुत्त क्षेत्र कि खुल्ला दिशायुत्त क्षेत्र ?

बेलबारी । एउटा नरपालिका बन्न के के कुराहरु आबश्यक पर्लान ? भनेर सोधियो भने पक्कै पनि जवाफ सबैको आँउछ कि बिकासका सबै पुर्बाधारहरु पुरा भएको हुनुपर्छ । तर बेलबारी यस्तो नगरपालिका हो जहाँ एउटा सार्बजनिक शौचालय समेत उपर्युत्त ठाँउमा निर्माण भएको छैन । त्यहि ठाँउलाई केही महिनाअघि बडो तामझामका साथ खुल्ला दिशामुत्त क्षेत्र समेत घोषणा गरियो । सोही घोषणाको एक बर्ष नबित्दै बेलबारी खुल्ला दिशायुत्त क्षेत्र बनेको छ ।
बेलबारी ३ मा रहेको बजार लाईनमा खुल्ला रुपमा दिशापिसाव गर्ने गरेको पाईएको छ । सोही क्षेत्रमा रहेको अब्यबस्थित टहरा निर्माण र खुल्ला क्षेत्रका कारण सो क्षेत्र दिशापिसाव गर्ने क्षेत्रको रुपमा स्थापित बनेको छ । सोही क्षेत्रमा फिरन्तेहरुको एउटा समुह महिनौ देखि डेरा जमाएर बसेको छ भने सोही क्षेत्रमा निर्माण भएका टहराहरुमा समेत शौचालय नहुँदा उनीहरु खुल्ला ठाँउमै दिशा पिसाव गर्ने गरेका छन ।

सोही क्षेत्रमा हरेक सोमबार खुल्ला ठाँउमा र मानिसको दिशापिसाव भएकै ठाँउमा पशुबजार लाग्ने गरेको छ । सो क्षेत्र गोसलाईन समेत रहेका कारण उपभोत्ताहरु फोहर र अखाद्य मासु खान बाध्य रहेका छन । सोही क्षेत्रमा सार्बजनिक शौचालय समेत निर्माण नहुँदा बजार आएका मानिसहरु समेत खुल्ला ठाउँमै दिशापिसाव गर्न बाध्य रहेका छन ।

स्थानीयहरु भने सो क्षेत्र अब्यबस्थित बनेका कारण आफुहरुलाई बासोबासमा समेत समस्या भएको बताउँछन । एक त पशु बजार त्यसमाथि मानिसहरु समेत खुल्ला स्थानमै दिशापिसा वगर्ने गरेका कारण आफुहरुलाई समस्या भएको उनीहरुको गुनासो रहेको छ । केही चिनेका मानिसहरुलाई आफनै शौचालय प्रयोग गर्न दिएपनि सबैलाई सम्भव नहुने र उनीहरुले खुल्ला ठाँउमा दिशापिसाव गरेपनि आफुलाई नै समस्या हुने उनीहरु बताउँछन ।

Purbeli TV

तपाईको प्रतिक्रिया