बेलबारीमा शंकास्पद ४ मध्ये दुई जनाको आरडीटी रिपोर्ट नेगेभिट

बेलबारी / मोरङको बेलबारी ३ मा बुधबार साँझ भारतीय नम्बर प्लेटको गाडीमा आएका शंकास्पद ४ जनामध्ये बिहिबार बिहान २ जनाको आरडीटि परिक्षण गरिएको छ । परिक्षणमा दुई जनाकै रिपोर्ट नेगेटिभ आएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष बिकले जानकारी दिए ।

सोही गाडीका चालक बिरपुर भारतका एकजना र बेलबारीकी २१ बर्षिया एक युवतीको परिक्षण भएको छ । सोही गाडीमा आएका अन्य दुई जनामध्ये एकजना ठेकेदार र बिराटनगरकी एक महिलाको भने परिक्षण भएको छैन । उनीहरुको परिक्षणको तयारी रहेको छन् । बुधबार बेलुका उनीहरु ती युवतीलाई लिएर बेलबारी आएका थिए । उनीहरुलाई स्थानीय बासिन्दाले गाडी सहित नियन्त्रणमा लिएका थिए । राति उनीहरुलाई बेलबारीको एक होटलमा राखिएको र बिहान परिक्षणका लागि लगिएको नेकपाका जिल्ला सदस्य प्रताप थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading…