बेलबारीको जंगलमा झुण्डिएको अवस्थामा भेटियो महिलाको शव

बेलबारी । बेलबारी नगरपालिका १० स्थित श्रीजना सामुदायिक वनमा एक जना महिलाको शव फेला परेको छ। जंगलभित्र रूखमा डोरीले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको हो । मृतक अन्दाजी २०।२२ वर्षीया महिलाको पहिचान हुन सकेको छैन ।

ईलाका प्रहरी कार्यालय, बेलबारीले कालो भेष्ट, हरियो सुरुवाल लगाएकी र वाया हातमा औठी र घडी लगाएकी मझौला शरीर गोरो वर्ण कि महिला मृत भेटिएको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…