बेच्न राखिएको कुहिएको मासु जफत गरी नष्ट

इटहरी / इटहरी वजारको अनुगमनको क्रममा कुहिएको मासु समेत वेच्न राखेको पाइएको छ । इटहरी उपमहानगरले गरेको अनुगमनमा सहभागि उपभोक्ता मंच नेपालका अध्यक्ष ठगेन्द्र आर्चायका अनुसार केहि पसलमा खसी र कुखुराको कुहिएको मासु समेत वेच्न राखेको पाइएको हो । अनुगमनमा रहेका जिल्ला भेटेनरी अस्पतालका डा मनोज कुमार महतोले अनुगमन गरिएको धेरै पसलको मासु स्वास्थ्यको हिसावले खान खान योग्य नरहेको पाइएको वताउनुभयो । पशु वधशाला तथा मासु जाँच नियमावलि २०५७ वमोजिमको मापदण्ड कसैले पनि पालना गरिएको पाइएन ।

पसलमा जाली शिशा लगाउनु पर्ने,टायल लगाएर सजिलै सफा गर्न सकिने वनाइदिनु पर्ने,मूल्यसूची,वोर्ड राखिनुपर्ने,औजार र जोख्ने समान सफा सुग्घर हुनुपर्नेमा अधिकाँशमा त्यस्तो नभएको डा महतोले वताउनुभयो । डा महतोले मासुका कारण २सय ७५ किसिमका रोग सर्ने भएकाले उपभोक्ता सचेत रहनुपर्ने वताउनुभयो । खुल्ला रुपमा नालीका छेउमा समेत मासुपसल राखेको पाइएको छ ।

अधिकाँश मासु पसलले ब्यवसाय दर्ता नै नगरि पसल संचालन गरिरहेको पाइएको वजार अनुगमन टोली संयोजक विजय कुमार मगरले वताउनुभयो । उहाँले पहिलो पटक सुधारका लागि सचेत गराइएको अर्को पटक अनुगमन गर्दा सुधार नगरे कारवाहीको प्रक्रियामा जाने मगरले प्रष्ट पार्नुभयो । उद्योग वाणिज्य संघ इटहरीका वाणिज्य सचिव उमेश दाहालले मासु पसलहरुको नाजुक अवस्था भेटिएको,ढक तराजु समेत ढुँगा राखेको पाइएकोले उपमहानगरले ब्यवस्थित गर्नु पर्नेमा जोड दिनुभयो ।

Purbeli TV

तपाईको प्रतिक्रिया