बेचिन लागेकी महिलाको भारत बाट उद्दार

इनरुवा / सशस्त्र प्रहरी र मानवअधिकारकर्मीको टोलिले भारतमा बेचिन लागेकी २ जना महिलाको उद्दार गरेको छ । कामको प्रलोभन देखाई भारततर्फ बेचिन लादै गरेको अवस्थामा भारतको भिमनगर बाट २ जना महिलाको उद्दार गरिएको मानवअधिकारकर्मी शिवेन्द्र कर्णले बताए ।

सुनसरीको कोशी गाउँपालिका ८ स्थित भाण्टावारी नाका हुँदै दिल्ली बेचबिखन गर्ने उद्देश्यले २ जना महिला लाई लैजादै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा भारतको भिमनगर बाट उनीहरू लाई उद्दार गरी एकजना दलाल लाई नियन्त्रणमा लिएको बिओपी भण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए ।

मोरङ पथरी नगरपालिका १ की ३५ वर्षीया कोपिला पोखरेल र बुटवल महानगरपालिका ६ रुपन्देही स्थायी घर भई हाल काठमाडौं कपन बस्दै आएकी ३४ वर्षीया कुन्ती ठकुरी लाई दिल्लीमा काम लगाई दिन्छु भन्ने प्रलोभन देखाई मोरङ बिराटचौक नगरपालिका वार्ड १० बस्ने २३ वर्षीया शेषकुमारी अधिकारीले बेचबिखन गर्न लादै गर्दा उनीहरूको उद्दार गरिएको भण्डारीले बताए । उद्दार गरेकी महिलाहरुलाई देहव्यापारमा संलग्न गराउन बिक्री गर्ने उद्देश्यले भाण्टावारीको नाका हुँदै भारततर्फ बेच्न लैजादै गरेको सशस्त्र प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…